मंसीर १७ धरान । धरानमा नवनिर्वाचित मेयर तिलक राईले आज पदभार ग्रहण गरेका छन् ।
आज कार्यलयमा पदभार ग्रहण गर्दै यस अघि नगरले बढाएको करलाई पुनरावलोकन गरेर घटाउने निर्णय पनि मेयर राईले गरेका छन् ।
साथै खानेपानी,ट्राफिक जाम लगायत धरानका विकृति विसंगति नियन्त्रणका बिषयमा पनि अब ध्यान दिएर काम गर्ने मेयर राईले बताए ।
४६ सालदेखिको बाम बर्चस्वलाई समाप्त पार्दै काग्रेसका राईले मेयरमा बाजी मारेका थिए ।
यस अघि पूर्व एमालेका तारा सुव्वाको निधन भए पछि धरानमा मंसीर १४ गते उपनिर्वाचन भएको थियो ।
यसैबीच यस अघि धरानमा मेयर पद गुमाए पछि सत्तारुढ नेकपाले हिजो विज्ञप्ति जारी गरी नगरले बढाएको कर घटाउन माग गरेको थियो । यस अघि सोही पार्टीका मेयर तारा सुव्वाकै कार्यकालमा कर बढेको सन्दर्भमा कुनै प्रतिकृया नदिएको सो पार्टीले मेयरमा काग्रेस आए लगत्तै कर घटाउन माग गरेको हो ।
नेकपा धरान नगर कमिटिका सयोजक रमेश बास्तोलाको हस्ताक्षरमा उक्त विज्ञप्ति जारी भएको छ ।