काठमाडौं, १७ मंसिर । कुवेतस्थित ‘अल मन्सुर इन्टरनेसनल ग्रुप अफ कम्पनी’ मा कार्यरत २१ नेपाली कामदारलाई उद्धार गरी स्वेदश फर्काउन नेपाली दुताबासले गरेको प्रयास प्रभावकारी हुन सकेको छैन ।
कामदारको ‘भिसा स्टाटस’ अवैधानिक भैसकेकाले उनीहरुलाई वैधानिक रुपमा फर्काउन ठूलो रकम जरिवाना तिर्नुपर्छ ।
उनीहरु कुवेत अध्यागमनको कालोसूचीमा छन् । दुताबासले भिसा स्टाटस वैधानिक बनाएर कालोसूचीबाट हटाउन पहल गरिरहेको छ ।
कामदारले कम्पनीका कारण आफूहरु अवैधानिक हैसियतमा बस्नुपरेको भन्दै बैधानिक रुपमै फर्कन पाउनुपर्ने बताउँदै आएका छन् । कान्तिपुर दैनिकबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline