धरानमा कम्युनिस्टको गढ तोडिने सम्भावना, कांग्रेसका तिलक राई विजयी नजिक

धरानमा कम्युनिस्टको गढ तोडिने सम्भावना, कांग्रेसका तिलक राई विजयी नजिक

  • सोमवार, मंसिर १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

सुनसरी, १६ मंसिर ।
सुनसरीको धरान उपमहानगरपालिका नेकपा र नेपाली कांग्रेसबीच मत अन्तर फराकिलो बन्दै गएको छ ।

पछिल्लो मत परिणाममा नेपाली कांग्रेस उम्मेदवार तिलक राई विजयी नजिक देखिएका छन् । भने नेकपाका उम्मेदवार प्रकाश राई उनलाई पछ्याइरहेका छन् ।

कांग्रेसका तिलक राईले २४ हजार ६५१ मत प्राप्त गर्दा नेकपाका प्रकाश राईले २३ हजार १४ मत पाएका हुन् ।

अहिले वडा नम्बर १ र ७ को मत गणना भइरहेको छ । कांग्रेसका राई करिब २२ सय मतले जित्ने आंकलन गरिएको छ ।शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो ।

यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए ।

धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ