१५ मंसिर, धरान । धरान उपमहानगरपालिकाको उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार कांग्रेसका तिलक राईले १० हजार ९ सय ९४ र नेकपाका प्रकाश राईले १० हजार ५ सय १७ मत पाएका छन् ।
वडा नं १४, १५, १६, १७, १८, १९ र २० को गणना सकिँदा कांग्रेसको मतान्तर ४ सय ७७ पुगेको छ । यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन एमालेका तारा राई निर्वाचित भएका थिए ।
उपनिर्वाचनमा ५५ हजार ११ मत खसेकामा २३ हजार ४ सय ९ मतमात्रै गणना भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline