कास्कीमा विद्या भट्टराई विजयी: कांग्रेस उम्मेदवारले दिए बधाई, विद्याको प्रतिक्रिया-यो जित रवीन्द्रप्रतिको सम्मान हो

कास्कीमा विद्या भट्टराई विजयी: कांग्रेस उम्मेदवारले दिए बधाई, विद्याको प्रतिक्रिया-यो जित रवीन्द्रप्रतिको सम्मान हो

  • आइतवार, मंसिर १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

१५ मंसिर, पोखरा । शनिवार सम्पन्न उपनिर्वाचन भएकाे एकमात्र प्रतिनिधिसभा सिट अन्तरगत कास्की–२ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन्।नेपाली कांग्रेसका खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दै विद्या विजयी भएकी हुन्।

कांग्रेस उम्मेदवार खेमराजलाई आठ हजार चार सय तीन मतअन्तरले पराजित गरिन्। विद्या २४ हजार तीन सय ९४  मतसहित विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी अधिकारीले १५ हजार ९ सय ९१ मत ल्याएर पराजित भए ।

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि शनिबार उपनिर्वाचन भएको हो। विद्या रवीन्द्रकी पत्नी हुन्।

विद्याको जितसँगै पोखरामा नेकपा नेता तथा कार्यकर्ताले खुशीयाली मनाएका छन्।   निर्वाचन आयोगले मतगणनाको अन्तिम परिणाम औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन ।

२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा रविन्द्र अधिकारीले २७ हजार २०७ मत ल्याएर शानदार जित दर्ता गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मतमात्र ल्याएका थिए । नेकपाका लोकप्रिय नेता स्वर्गीय अधिकारी २०६४/०७० मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। साेही क्षेत्रमा उनकी पत्नी  विद्याले शानदार  जित दर्ता गरेकी हुन् ।

कांग्रेस कार्यकर्ता पराजय स्वीकार गरेर घर फर्किन थालेका छन् । विद्याकाे जीत निश्चित भएपछि नै नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले बधाई दिएका छन् । कास्की-२ मा विद्याको जित निश्चित भएपछि पौडेलले बधाई दिएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पूर्वाधार विकास र सामाजिक विकासका लागि काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।

शनिबार भएको उपनिर्वाचनको मतगणना आइतबार साँझ सकिएको छ, जसमा भट्टराई विजयी भएकी छन् । जितपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनलले भनिन्, यो जित कास्केली जनताको हो, रवीन्द्र अधिकारीप्रति सम्मान हो ।’ उनले भनिन्, ‘जनतासँग जसरी मत माग्न घरदैलो गएको थिएँ, आर्शिवाद पाएको थिएँ । अब फेरि जनतासामू जान्छु र आफ्नो प्रतिवद्धता व्यक्त गर्छु ।’

पूर्वाधार विकास, सामाजिक विकासमा काम गर्ने आफ्नो प्रतिवद्धता भएको भन्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउन भूमिका खेल्ने पनि बताएकी छिन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ