सत्य निरुपण र बेपत्ता आयोगले दोषी ठहर्याए कारबाहीको भागीदार बन्न तयार छुः प्रचण्ड

सत्य निरुपण र बेपत्ता आयोगले दोषी ठहर्याए कारबाहीको भागीदार बन्न तयार छुः प्रचण्ड

जघन्य अपराधमा संलग्नलाई कारबाही गरिन्छ

  • आइतवार, मंसिर १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, मंसिर १५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वका समयमा जघन्य अपराधमा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

तत्कालिन एकीकृत नेकपा माओवादी नेता बुद्धिमान पाख्रिनको स्मृति सभामा बोल्दै अध्यक्ष दाहालले जघन्य अपराधका दोषी कसैले पनि माफी नपाउने बताउनु भयो ।
उहाँले द्वन्द्वका घटनालाई आममाफी दिने प्रस्ताव आउँदा आफूले अन्तरिम संविधान निर्माणका क्रममा हुन्न भनेर सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग बनाउने प्रस्ताव गरेको पनि स्मरण गराउनु भयो ।

आफूविरुद्ध नै थुप्रै मुद्धा रहेको भन्दै अध्यक्ष दाहालले सत्य निरुपण र बेपत्ता आयोगले दोषी ठह¥याए आफू पनि कारबाहीको भागीदार बन्ने बताउनु भयो ।

स्वर्गिय तामाङकी श्रीमती शान्ति तामाङले युद्धमा शहिद बनेकाहरुको अपमान हुने गरेको र अवसरवादीहरुले मात्र मौका पाउने गरेको गुनासो गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ