धरान उपमहानगरको मेयरमा नेकपा र कांग्रेसबीच कडा टक्कर, ४ वटा वडाको गणना सकियो

धरान उपमहानगरको मेयरमा नेकपा र कांग्रेसबीच कडा टक्कर, ४ वटा वडाको गणना सकियो

  • आइतवार, मंसिर १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

सुनसरी, मंसिर १५ । सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा र नेपाली कांग्रेसबीच कडा टक्कर देखिएको छ ।

कांग्रेस उम्मेदवारभन्दा नेकपाका उम्मेदवार २८ मतले मात्रै अगाडि छन् । नेकपाका प्रकाश राईले ४५७४ मत पाउँदा उनलाई पछ्याइरहेका कांग्रेसका तिलक राईले ४५१७ मत पाएका छन् ।

अहिलेसम्म चार वटा वडा १७, १८, १९ र २० को मत परिणाम आइसकेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बुले १६४ मत पाएका छन् । शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो ।

यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए । धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ