भक्तपुरमा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेल २४ सय २६ मतले अगाडि

भक्तपुरमा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेल २४ सय २६ मतले अगाडि

  • आइतवार, मंसिर १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

भक्तपुर, मंसिर १५ । प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्रनम्बर १ (क)मा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेल २ हजार ४ सय ३६ मतअन्तरले अगाडि रहेका छन् ।

काँग्रेस उम्मेदवार भँडेलले १० हजार ३ सय ९५ र नेकपाका उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९ मत पाएका छन् । नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत ल्याएका छन् ।

यहाँको कूल मतदाता ४५ हजार १५ मध्ये ३२ हजार ३७ मत खसेको थियो । मतगणना जारी छ । उता दाङ र बाग्लुङमा सर्वदलीय बैठक पछि केही बेरमा मत गणना सुरु हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ