३९ स्थानको मतगणना सकियोः नेकपा २२, काँग्रेस ११, राजपा र समाजवादी ३/३स्थानमा विजयी(अपडेट)

३९ स्थानको मतगणना सकियोः नेकपा २२, काँग्रेस ११, राजपा र समाजवादी ३/३स्थानमा विजयी(अपडेट)

  • आइतवार, मंसिर १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, १५ मंसिर ।

बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको मतगणन जारी छ । स्थानीय तहका वडाहरुको नतिजा आइरहेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना भईरहेको छ । जारी मत गणनाको पछिल्लो परिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अगाडि देखिएको छ ।

स्थानीय तहका धेरै वडामा नेकपाले जितेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पनि नेकपा अगाडि छ । पछिल्लो मत परिणाम अनुसार हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
जसमा २२ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वा्चित भएको निर्वाचन आयोगले जनाएको छ ।
यस्ते नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क), धरान उपमहानगरपालिका प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको शनिबार भएको निर्वाचनको मतगणना कार्य भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङ प्रदेशसभा सदस्य क्षेत्र नं ३ (ख) को मतगणना आज शुरु भएको सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ