उपनिर्वाचनको पछिल्लो मत परिणामः नेकपा १८, कांग्रेस ६ र समाजवादी तथा राजपा एक एक स्थानमा विजयी

उपनिर्वाचनको पछिल्लो मत परिणामः नेकपा १८, कांग्रेस ६ र समाजवादी तथा राजपा एक एक स्थानमा विजयी

  • आइतवार, मंसिर १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, मंसिर १५ ।
५२ स्थानका लागि शनिवार सम्पन्न उपनिर्वाचनको परिणाम आउने क्रम जारी छ ।

आज बिहान पाँच बजेसम्मको नतिजा अनुसार ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान, सिन्धुपाल्चोक लगायतका जिल्लामा भएको उपनिर्वाचनमा १८ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वा्चित भएको छ ।

त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस ६ स्थानमा विजयी भएको छ । भने समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले एक एक स्थानमा जीत हासिल गरेका छन् ।

अहिले निर्वाचन भएका सबै स्थानमा मत गणना जारी रहेको हाम्रा स्थानीय संवाददाताहरुले जनाएका छन् । यस्तै प्रतिनिधिसभा अन्र्तगत कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पनि मत गणना जारी छ ।

आयागले दिएको पछिल्लो जानकारी अनुसार नेकपाकी विद्या भट्टराईले ३२७६ मत ल्याएकी छिन् भने नेपाली काँग्रेसका खेमराज पौडेलले २११५ मत ल्याएका छन् । त्यसैगरी समाजवादी पार्टीका धर्मराज गुरुङले ९५ प्राप्त गरेका छन् ।

कास्कीमा ६५ प्रतिशत मत खसेको आयोगले जनाएको छ । कास्कीमा सात हजार नौ सय ९१ जना मतदाता रहेका छन् । यस्तै प्रदेशसभा अन्र्तगत भक्तपुर, दाङ र बाग्लुङमा पनि मत गणना जारी रहेको छ ।

भक्तपुरको क्षेत्र नं १ (क)मा प्रदेशसभा सदस्यका लागि सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिका–१० गरी कूल १० वडामा भएको उपनिर्वाचनपछि भएको मतगणनामा आज बिहान ७ः०० बजेसम्मको मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले दुई हजार ३१२ मतको अग्रता लिनुभएको छ ।

चाँगुनारायण नगरपालिका–१ देखि ६ सम्मको मतगणनामा काँग्रेसका उम्मेदवार भँडेलले नौ हजार ९५ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकालले छ हजार ७८३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का निरज लवजूले दुई हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले २९४, साझा पार्टीका सुरज प्रधानले २४८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गएराति ११ः०० बजे शुरु भएको मतगणनाको अन्तिम परिणाम आज बिहान १०ः०० बजेसम्म आउने गरी मतगणना भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ