तल्लो मोदी १ का कर्मचारी आन्दोलित

तल्लो मोदी १ का कर्मचारी आन्दोलित

  • शनिबार, मंसिर १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 29.4K
    SHARES

पर्वत,मंसिर १४ ।

पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका कर्मचारी आन्दोलित बनेका छन् ।

यसअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै त्यहाँ आयोजना र कार्यरत कर्मचारीबीच विवाद उत्पन्न भएको छ । केही महिनाअघि पनि कर्मचारी र आयोजनाबीच विवाद भएपछि १२ प्रतिशतसम्म तलब वृद्धि गर्ने सहमतिसहित विवाद सुल्झिए पनि पुनः कर्मचारीले तलब वृद्धि नगरी भत्तामात्रै वृद्धि गरेको भन्दै आन्दोलित बनेका हुन् । आयोजनामा कार्यरत असन्तुष्ट ३५ कर्मचारीले आयोजनाले पटक–पटक आफूहरुलाई झुक्क्याएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतले आवश्यक न्याय दिलाउन माग गरेका छन् ।

“आयोजनाले हाम्रो माग कहिल्यै सुनुवाइ गरेन”, आन्दोलित कर्मचारी सङ्घर्ष समितिका संयोजक भुवन अधिकारीले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा भएको निर्णय पनि कार्यान्वयन नगर्दा झनै समस्या भयो”, उहाँले आइतबारसम्म पुनःविचार नगरेमा आयोजनाको सम्पूर्ण तालाचाबी प्रवद्र्धक कम्पनीलाई बुझाउने चेतावनी दिनुभयो ।
आन्दोलनरत कर्मचारीले ४० प्रतिशत तलब वृद्धि, महङ्गी भत्तालगायतका भत्ता रकम वृद्धि, पोशाक भत्ता, बीमालगायतका माग राखेका थिए । श्रम ऐनअनुसार युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको कर्मचारी विनियमावलीमा सुधार गर्ने, कार्यस्थलको सुरक्षा र कामदारको सुरक्षामा समेत ध्यान दिने सहमति भएको थियो ।
यता आयोजनाका निर्देशक उपेन्द्र गौतमले भने कर्मचारीको असन्तुष्टि बेला–बेलामा रहँदै आएको र आयोजना र कर्मचारीबीच देखिएका समस्यालाई छिट्टै नै बसेर सहमति खोजिने बताउनुभयो । दश मेगावाट उत्पादन क्षमताको तल्लो मोदीखोला १ जलविद्युत् आयोजनाले विगत आठ वर्षदेखि उत्पादन दिँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ