धरानका सुकुम्वासीको प्रश्न– हामीले कहिले पाउछौँ लालपुर्जा ?

धरानका सुकुम्वासीको प्रश्न– हामीले कहिले पाउछौँ लालपुर्जा ?

  • शुक्रबार, मंसिर १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

इटहरी, १३ मंसिर ।
सुनसरीको धरान उपमहानगरपालिका भित्र रहेका सुकुम्वासीहरुको एउटै माग हो लालपुर्जा । उनीहरुको माग अहिलेसम्म पुरा त भएन तर हरेक निर्वाचनमा चुनावी एजेण्डा भने बन्ने गरेको छ ।
०४५ सालको भुकम्प पश्चात धरानका सर्दु सेउती खोला किनारामा बसोबास गर्दै आएका भूमिहिन सुकुम्वासीको सङ्ख्या ठुलो छ । अर्थात धरान उपमहानगरमा चुनाव जित्न उम्मेदवारले सुकुम्वासीहरुको मत आफ्नो पक्षमा पार्नैपर्छ ।सोहि कारण पनि दलहरुले चुनावमा उनीहरुको ‘लालपुर्जा’को माग सम्बोधन गर्ने आश्वासन दिन्छन् अनी जितेर सत्तामा पुगेपछि बिर्सन्छन् ।
धरानका भूमिहिनहरुले लालपुर्जा पाउनकै लागि पटक–पटक स्थानीय र केन्द्रिय सरकारसँग माग पनि गरे । तर, जति पटक सुकुम्बासीको भोट पाएर सत्तामा गए उनीहरु कसैले सुकुम्बासी समस्या समाधान गर्न तत्परता देखाएको पाईदैन ।
सुकुम्बासीलाई लालपुर्जा दिने लोभ देखाउँदै पटक–पटक स्थानीय निकाय देखि केन्द्रिय तहमा पुगेका नेतृत्वले सुकुम्बासीहरुलाई आश्वासन दिनु सिवाय अन्य केहि गर्न सकेनन् । प्रजातन्त्र पुर्नस्थापना पछि धरानका खहरे खोला किनारामा छाप्रा हालेर बस्दै आएका परिवारलाई तत्कालिन स्थानीय निकायले डोजर लगाएर उठाउने काम समेत विगतमा गरेकै हुन् ।
धरान कम्युनिस्टको पकड क्षेत्र मानिन्छ । कम्युनिस्टहरुले नै चुनाव जितेका उदाहरण पनि छन् तर त्यो जितमा सुकुम्वासीहरुको ठुलो हात र साथ छ । तर उनीहरुकै भोट पाएर सत्तामा पुगेकाहरुले अन्तत उनीहरुलाई नै वेवास्ता गरिरहेका छन् । ‘सर्वहारा वर्गको एक मात्र पार्टी भनेको कम्युनिस्ट पार्टी हो’ भन्दै जनताको मत लिनेहरुले सर्वहारा वर्गको आवाज मुखरित गर्नै सकेनन् ।
अहिले पनि उपनिर्वाचनको माहोल छ । सुकुम्वासी बस्तीमा पुगेर दलहरु मत आफ्नो पक्षमा पार्ने कसरतमा लागिरहेकै छन् । तर विगतमा जस्तो आश्वासनमा भर परेर मैदान उत्रीएका उम्मेदवारलाई विश्वास गरिहाल्ने अवस्था भने देखिदैन । जति पटक सुकुम्बासीको भोट पाएर सत्तामा गए उनीहरु कसैले सुकुम्बासी समस्या समाधान गर्न तत्परता नदेखाएपछि यस पटकको उपनिर्वाचनमा त्यहाँका भूमिहिनहरुले राजनीतिक दलहरु समक्ष प्रष्ट रुपमा भनेका छन् ‘हाम्रो घर खै? , हामीले कहिले पाउछौँ लालपुर्जा ?’
त्यहाँ हरेक सुकुम्बासीहरुले यो प्रश्न खासगरी नेकपाको सरकार र त्यहाँको स्थानीय निकाय धरान उपमहानगरपालिकालाई पटक–पटक सोधिरहेका छन् । किनकी धरानका खोला किनारामा गिट्टी कुटेर जिविकोपार्जन गर्दै आइरहेका सुकुम्बासीलाई भोट बैंक मानेर पटक–पटक सत्तामा पुगेकाहरुले उनीहरुको समस्या समाधानमा कहिल्लै चासो दिएनन् । सुकुम्बासीलाई लालपुर्जा दिने लोभ देखाउँदै पटक–पटक स्थानीय निकाय देखि केन्द्रिय तहमा पुगेका नेतृत्वले सुकुम्बासीहरुलाई आश्वासन दिनु सिवाय अन्य केहि गर्न सकेनन् ।
गएको निर्वाचनमा घरघरमै पुगेर जग्गाधनीकै पुर्जा जस्तो पार्टीको छाप लगाएर ‘लालपुर्जा’ बाँड्नेसम्मको हर्कत भयो । यतिमात्र हैन सुकुम्बासीका घर दैलोमा खानेपानी र विजुली वत्ति नदिनेसम्मका हर्कत नभएका हैनन् विगतमा । राज्यद्वारा प्रदत्त सेवा समेत जनतालाई उपभोग गर्नबाट बञ्चित गर्नेहरुले सत्तामा गएपछि हेर्छन् भन्ने के ग्यारेन्टी छ ?
सुकुम्बासी समस्या समाधान हुन नसक्नुमा सुकुम्बासीको नेतृत्व गर्नेहरुको समेत भूमिका छ । सुकुम्बासीका नाममा एनजिओ चलाएर पद र पैसामा भुल्नेहरुले स्थायी समस्या खोज्नुको सट्टा यो समस्यालाई अझ मलजल गर्ने काम मात्र गर्यो । सुकुम्वासीका समस्या स्थाइ समाधानको पहल नगर्ने मात्रै हैन पार्टीको झण्डा बोकेर सर्दु र खर्दुका किनारामा बसेका सुकुम्बासीलाई प्रभावित पार्ने सम्मका कार्यहरु पनि हुनेगरेका छन् ।
सत्ता र कुर्सीको लोभमा जनतालाई खोक्रो आश्वासन बाँड्नेहरुका कारण धरानबासी त्यसमाथि सुकुम्बासी पटक–पटक प्रताडित भएपनि सत्तामा पुगेपछि त्यहि सुकुम्बासीलाई उठिबास लगाउनेहरु पुनः लालपुर्जा र बृद्धभत्ताको खोक्रो आश्वासन बाड्ने जो कोहिदेखि पनि सुकुम्बासीहरु सचेत हुन पर्ने देखिन्छ । सुकुम्बासीलाई प्रलोभनमा पारेर सत्ताको भर्याङ चढ्नेहरु धरानमा मात्र हैनन् देशभरी छन् । सुकुम्बासी आयोग गठन गर्ने, घरघरमा पार्टीको लेवल लगाएर नक्कली लालपुर्जा वितरण गर्ने, सुकुम्बासीका नेताहरुसँग वार्ता छलफल गर्ने, उनीहरुका बसोबास स्थलमा डलरे अभियान चलाउनेहरुको लस्कर जतिबेला निर्वाचन नजिकिन्छ त्यत्ति बेलैमात्र हुन्छ । अरु बेला यीनिहरुको नाक मुखै देख्न सकिन्न । र, अहिले त्यहि परिदृश्य दोहोरिएको छ ।
चुनावमा झुठा आश्वासन र लोभमा प्रभावित भएर आफ्नो अमूल्य मत खेर फालि पुन पुर्पुरोमा हात राखेर गालि गर्नुभन्दा सुकुम्बासीको मतलाई भोट बैंकको रुपमा प्रयोग गर्ने अवस्थाको अन्त्य गर्न भूमिहिन सुकुम्वासीहरुनै सचेत बन्न जरुरी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ