काठमाडौ, मंसिर १३ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारत र चीनको साझेदारीमा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नभएको बताउनु भएको छ ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा मात्र नभइ साझेदारका रुपमा राख्नुपर्नेमा जोड दिनु भएको हो ।
उहाँले त्रिदेशीय साझेदारीको सम्भावनाबारे विस्तारै चीन र भारत पनि सकारात्मक छलफल हुन थालेको बताउनुभयो । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउने क्रममा भारतकै बाटो भएर किन आए भन्ने हेक्का राख्नुपर्ने उहाँले बताउनुभयो ।
चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेट्दा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नलागेको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline