प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, अझै केही दिन आईसीयूमै राखेर उपचार गरिने

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, अझै केही दिन आईसीयूमै राखेर उपचार गरिने

  • शुक्रबार, मंसिर १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौ, मंसिर १३ ।
एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ ।

स्वास्थ्यमा क्रमिक सुधार भए पनि डाक्टरको निगरानीमा राख्नुपर्ने भएकाले उहाँलाई अझै केही दिन अस्पतालको सघन उपचार कक्ष अर्थात् आईसीयूमै राखेर उपचार गरिने डाक्टरले बताएका छन् ।

गएको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा उपचार भैरहेको छ । उहाँको मिर्गौलामा समस्या भएपछि केही समयदेखि नियमित डायलासिस पनि गरिँदै आइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ