सीमा अतिक्रमणको विरोध गर्ने विद्यार्थी पक्राउ कायरतापूर्ण हर्कतः अध्यक्ष ढकाल(विज्ञप्तिसहित)

सीमा अतिक्रमणको विरोध गर्ने विद्यार्थी पक्राउ कायरतापूर्ण हर्कतः अध्यक्ष ढकाल(विज्ञप्तिसहित)

मेडिकल कलेज र सरकारबीचको सहमती अखिल (क्रान्तिकारी)द्धारा खारेज

  • शुक्रबार, मंसिर १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, १३ मंसिर ।
भारतले जारी गरेको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको नेपाली भू–भाग समावेश गरेपछि त्यसको विरोधमा देशैभरी दिनदिनै प्रदर्शनहरु भइरहेका छन् ।

सीमा अतिक्रमणको विरोध गर्ने विद्यार्थी पक्राउ अखिल (क्रान्तिकारी)ले बिद्यार्थी गिरफ्तारी र मेडिकल कलेजले लिएको बढी शुल्क समायोजन सम्बन्धी भएको सहमतिप्रति गम्भिर आपत्ति जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले बिहिवार दुई छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै नेपाली भुमी फिर्ताको माग गर्दै दाङमा गरिएको आन्दोलनमा सरकारी हस्तक्षप र मेडिकल कलेज सञ्चालक र सरकारबीच भएको शुल्क फिर्ता वा समायोजनका बिषयमा भएको सहमतीप्रति आपत्ति तथा ध्यानाकर्षण भएको जनाएका हुन् ।

संगठनका अध्यक्ष ढकालले भारतीय साम्राज्यवादले नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा लगायतका भू–भागलाई आफ्नो नक्शामा पारेको विषयमा प्रदर्शनमा जुटेका विद्यार्थी नेताहरूलाई गिरफ्तार गर्नु ओली सरकारको निच,अनैतिक र कायरतापूर्ण हर्कत भएको भन्दै बिरोध गरेका छन् ।

साथै उक्त गिरफ्तारीले ओली सरकारको नक्कली राष्ट्रवादको पर्दाफास गरेको र भारतीय शासकहरूको कठपुतली सरकारको रूपमा उभिन पुगेको बताएका छन् । राष्ट्रियताको आन्दोलनमा क्रियाशिल विद्यार्थी नेताहरू तिलक कुँवर, अनिल के.सी, सुवास जोशी, खुमन पौडेल, ध्वनी धामी, गणेश बोहरा, ललित सार्की, दिपक रावतलगाएत सबै विद्यार्थी नेताहरूलाई तत्काल रिहाइ नगरे कडा संघर्ष मार्फत प्रतिवाद गरिने चेतावनी समेत दिएका छन् ।

संगठन अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रिय समन्वय समितिले दार्चुलामा १० गते र आज राप्ती क्षेत्रिय समन्वय समिति दाङको घोराहीमा आयोजना गरिएको सीमा अतिक्रमणको विरोध कार्यक्रमबाट सरकारको निर्देशनमा प्रहरीले हस्तक्षेप गरी दार्चुलाबाट ६ जना र दाङबाट २ जना विद्यार्थी नेताहरूलाई दाङबाट गिरफ्तार गरेको घटनाप्रति गम्भिर ध्यानार्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

ढकालद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘दार्चुलामा २०७६ मंसिर १० गते र आज मंसिर १२ गते राप्ती क्षेत्रिय समन्वय समिति दाङको घोराहीमा आयोजना गरिएको सीमा अतिक्रमणको विरोध कार्यक्रमबाट केपी–रामबहादुर सरकारको निर्देशनमा प्रहरीले हस्तक्षेप गरी दार्चुलाबाट ६ जना र दाङबाट २ जना विद्यार्थी नेताहरूलाई दाङ स्थित रजेना उ.मा.वि.को प्रअ÷सरकारी दलाल उद्धव न्यौपानेको सुराकीको आधारमा गिरफ्तार गरेको घटनाप्रति हाम्रो गम्भिर ध्यानार्षण भएको छ ।’ गिरफ्तार भएका मध्ये विद्यार्थी नेता खुमन पौडेल भने रिहा भएका छन् ।

यस्तै यहि मंसिर १० गते शिक्षा मन्त्रालय र मेडिकल कलेजका सञ्चालकहरूबीच भएको भनिएको शुल्क कार्यान्वयन सम्बन्धीको सहमतिप्रति पनि अखिल (क्रान्तिकारी)ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सहमति भयो भनेर प्रचारमा ल्याईएका बुँदाहरू हेर्दा मेडिकल माफियाहरूसँग मन्त्री, विश्वविद्यालयका पदाधीकारीलगायतका व्यक्तिहरू पुरै लम्पसार परेको पुष्टि भएको भन्दै अध्यक्ष ढकालले भनेका छन्, ‘उक्त सहमति प्रति हाम्रो पूर्ण रूपमा असहमति रहेकोले त्यसको संगठनले खारेज गर्दछ ।’

संगठनका अध्यक्ष ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरूको आन्दोलनलाई सिद्धाउन माफियाहरूसँगको मिलोमतोमा भएको कथित सहमतिको हामी घोर विरोध एवं भत्र्सना गर्दछौं । यो आन्दोलनलाई सिद्धाउन सरकारी पक्ष नै लागेको कुरा पुष्टि भएको छ । यो सहमति न्यायपूर्ण आन्दोलनको विरूद्धको गम्भिर षड्यन्त्रको पुलिन्दा मात्र हो भन्ने कुरा निम्नानुसारका सवालहरूले पुष्टि गर्दछ ।’

विज्ञप्तिमा सहमतिको बुँदा नं. २ को (क) मा शुल्क फिर्ता वा समायोजन २ वर्षको मात्र भन्नु गम्भिर धोका र षडयन्त्र भएको पनि जनाईएको छ ।

यस्तै सोही बुँदामा शुल्क फिर्ता वा समायोजनको समयसीमा नतोकिनु, एम.वि.वि.एस.मा मात्र नभएर माफियाहरूले नर्सिङ, पब्लिक हेल्थ, ल्याब, फार्मेसी लगायतका विषयहरूमा समेत विद्यार्थीलाई ठगेका छन् तर ती विषयहरू सहमतिमा कहि कतै उल्लेख नगरिनु , आन्दोलनरत चिकित्सा शिक्षा संघर्ष समिति (जसलाई प्रकाश चन्दले नेतृत्व गरिरहनु भएको छ) सँग कुनै पनि प्रकारको छलफल नगरिनु, यथार्थमा मेडिकल आन्दोलनका विरोधी, मेडिकल माफियाहरूसँग पार्टीगत र आर्थिक नाता गाँसिएका कतिपय कथित विद्यार्थी नेतासँग परामर्श गरेर सहमति भएको भनी प्रचारवाजी गरिनु र मेडिकल शिक्षाका सन्दर्भमा सरोकारवालाहरूसँग व्यापक रूपमा छलफल अन्तक्र्रिया नगरी खाली आन्दोलन तुहाउने नियोजित उद्देश्यमा आधारित भएर प्रविधिक समाधान दिन खोज्नु तिनै माफियाहरूलाई वैधानिकरूपमा पोस्ने बाटो खुल्ला गरिदिएको विज्ञप्तिमा भनिएको छ ।

ढकालले विज्ञप्तिमा भनेका छन्, ‘त्यसैले यो सहमति तत्काल खारेज गरी विद्यार्थीहरूले उठाएका माग सिघ्र सम्बोधन गर्न हामी जोरदार माग गर्दछौं । साथै यस आन्दोलनलाई अझै शसक्तरूपमा अगाडी बढाउन हाम्रो संंगठनको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गदछौं ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ