कम्युनिष्टहरुको झुटो प्रचारले भारतले सीमा नाघेको पौडेलको आरोप

कम्युनिष्टहरुको झुटो प्रचारले भारतले सीमा नाघेको पौडेलको आरोप

  • बुधबार, मंसिर ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

पोखरा, मंसिर ११ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानीमा सांसदहरुको टोली लिएर जाने पहिलो नेता आफु रहेको दाबी गर्नु भएको छ ।

आज पोखरामा आफ्ना उमेद्वारलाई भोट माग्ने क्रममा पौडेलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैे कम्युनिष्टका सांसदहरु र तथ्यांक विभागका महानिर्देशक सहितको टोली लिएर कालापानी गएको बताउनु भएको हो ।

नेकपाका नेताहरुले कालापानीको विषयमा कांग्रेसलाई दोष लगाएकोप्रति उहाँले आपत्ति जनाउनु भयो। कम्युनिष्टहरुको झुटो प्रचारले भारतले सीमा नाघेको उहाँको आरोप थियो । अहिले कम्युनिष्टहरुले जनतालाई गुम्राहमा पार्ने दुष्प्रयास गरेको उहाँले आरोप लगाउनुभयो ।

उपनिर्वाचनको विषयमा नेकपाले सत्ता र शक्तिको आडमा चुनावलाई प्रभाव पार्ने काम गरेको पनि उहाँको आरोप थियो । पौडेलले कास्कीमा कांग्रेसले सही उमेद्वार चयन गरेको दाबी पनि गर्नुभयो ।

त्यसअघि नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाटमा नेता पौडेलले आसन्न उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्न नहुने बताउनुभयो ।

उहाँले अहिलेको चुनाव जनताद्वारा वर्तमान सरकारको मध्यावधि मूल्याङ्कन गर्ने चुनाव भएका कारण यसको पवित्रता उल्लङ्घन गर्न नहुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ