पोखरामा प्रचण्ड सहभागी नेकपाको सभास्थल नजिकै विस्फोट

पोखरामा प्रचण्ड सहभागी नेकपाको सभास्थल नजिकै विस्फोट

  • बुधबार, मंसिर ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

कास्की, मंसिर ११ ।
कास्कीको पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनी केन्द्रमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका उच्च नेताहरु सहभागी प्रदर्शनी केन्द्रस्थित चुनावी सभास्थलबाट करिब एक सय मिटर पर बम विस्फोट भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विस्फोटमा परी तीनजना सामन्य घाइते भएका छन्।

विस्फोटबाट पार्किङमा रहेको ग १ ख ८८९१ नम्बरको बसको पछाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । अहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बम विस्फोट कसले गराएको भन्ने बारे थाहा हुन सकेको छैन।

सभामा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बोलिरहुन भएको थियो । सभामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वगृहमन्त्री एवं सचिवालय सदस्य वामदेव गौतमले सम्बोधन गर्ने कार्यक्रम छ।

कास्की २ मा मंसिर १४ गते उपचुनाव हुँदै छ। नेकपाले उप निर्वाचनका लागि तत्कालीन सांसद रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ