प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधारः बोल्न सक्ने अवस्थामा, मुटुको चाल पनि सामान्य बन्दै

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधारः बोल्न सक्ने अवस्थामा, मुटुको चाल पनि सामान्य बन्दै

  • बुधबार, मंसिर ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

११ मङ्सिर, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । आज बिहान अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ ।

प्रधानमन्त्रीको अहिले राम्रोसँग कुराकानी गर्ने अवस्थामा रहेको अस्पतालले जनाइएको छ ।

स्वास्थ्यमा सुधार आएसँगै मुटुको चाल पनि सामान्य बन्दै गएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

उहाँको होस आएपनि अझै केही दिन सघन उपचार कक्षमै राखेर उपचार गरिने चिकित्सकहरुले जनाएका छन् । यसअघि हिजो दिउँसो उनको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

अचानक पेट दुखेपछि शिक्षण अस्पताल लगिएका प्रधानमन्त्री ओलीलाई परीक्षणका क्रममा एपेन्डिसाइटिस भएको थाहा भएपछि शल्यक्रिया गरिएको हो ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहार प्रा डा अरुण सायमी, निजी चिकित्सक डा दिव्यासिंह शाह र डा।रमेश सिंह भण्डारीको टोलीले उनको शल्यक्रिया गरेको हो ।

यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएका कारण कात्तिक र मंसिर महिनामा मात्रै चार पटक डायलासिस गरिसकेको छ ।

उहाँको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ