काठमाडौँ, ९ मङ्सिर ।
आजदेखि राजधानीमा चीन–तिब्बत–नेपाल आर्थिक तथा व्यापार मेला हुनेभएको छ । चीनको वाणिज्य मन्त्रालय व्यापार विकास विभाग तथा चीनकै स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड च्याम्बरको आयोजना र नेपाल–चीन उद्योग वाणिज्य सङ्घको सहकार्यमा मेलाको आयोजना गरिएको हो ।
मेलामा तिब्बतका ५० भन्दा बढी व्यापारिक कक्षमा विद्युतीय सामग्री, खाद्यान्न, लत्ताकपडा, छालाका सामान, पेय पदार्थ, शृङ्गार सामग्री, सजावटका सामान तथा दैनिक उपभोग्य वस्तु प्रदर्शनमा राखिने तिब्बत बोर्डर ट्रेड च्याम्बरका अध्यक्ष लापा तिङ्लीले जानकारी दिनुभयो ।
मेलाको माध्यमबाट दुई देशबीचको व्यापारिक क्रियाकलापमा बढोत्तरी भई शताब्दीऔँ पुरानो आर्थिक, व्यापारिक तथा सामाजिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline