इटहरी, ८ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको छैटौं पुनर्गठन दिवस भव्य रुपमा देशै भरी मनाउदैछ । यसै क्रममा पुर्वको मेची–कोशी ब्युरोका १० जिल्लाहरुमा पनि पुनर्गठन दिवस मनाउन लागिएको हो ।
ब्युरोका झापा, मोरङ्ग, सुनसरी, धनकुटा, ताप्लेजुङ, पांचथर, इलाम, तेह्रथुम लगायतका जिल्लाहरुमा सो जिल्लाका नेता कार्यकर्ता, पार्टी समर्थक, सुभचिन्तक र आम जनताको सक्रिय सहभागितामा पुनर्गठन दिवस मनाउन लागिएको हो ।
सुनसरी, झापा, ईलामलगायत सबै जिल्लाका बिभिन्न स्थानमा व्यानर टागिएको छ भने झण्डा र ब्यानरहरु पनि जिल्लाका मुख्यमुख्य स्थानमा राखिएको छ ।
यता सुनसरीमा अखिल (क्रान्तिकारी)ले पनि बिभिन्न स्थानमा व्यानर टागेर तथा दिप प्रज्वलन माउ पार्टी ने.क.पा.को पार्टी पुनर्गठन दिवस मनाएको छ । अखिल (क्रान्तिकारी) सुनसरीले महेन्द्र बहुमुखी क्याम्पस धरान लगायत बिभिन्न क्याम्पस तथा चोक बजारमा व्यानर टागेर पार्टी पुनर्गठन दिवस मनाएको संगठनकि केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष नतासा सुवेदीले जानकारी दिईन् ।
मंसिर ८ गते जनमुक्ति सेनाको स्थापना दिवस पनि भएको सन्दर्भमा पार्टी पुनर्गठन दिवसलाई अझ भब्य रुपमा जनताको बिचमा मनाउन लागिएको छ ।