ने.क.पा.ले आज पार्टी पुनर्गठन दिवस मनाउदै

ने.क.पा.ले आज पार्टी पुनर्गठन दिवस मनाउदै

  • आइतवार, मंसिर ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, ८ मंसिर ।

नेपाल कम्युनिस्ट पार्टीले आज छैटौं पार्टी पुनर्गठन दिवस देशव्यापी रूपमा मनाउदैछ । महान् जनयुद्ध र त्यसको नेतृत्व गरेको माओवादी पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक रूपले विसर्जन भएपछि २०६९ साल असारमा माओवादी धाराको पुनर्गठन भएको थियो ।

मोहन वैद्य ‘किरण’ को नेतृत्वमा गठित उक्त पार्टी समेत क्रान्तिको लागि बाधक बनेपछि २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा नेकपा माओवादी पार्टी पुनर्गठन भयो ।

सोहि पार्टीको आठौँ महाधिवेशनले पार्टीको नाम परिवर्तन गरि नेपाल कम्युनिस्ट पार्टी बनायो भने ‘एकीकृतजनक्रान्ति’ कार्यदिशा पारित ग¥यो र सोही कार्यदिशाअनुसार उसले वैज्ञानिक समाजवादी क्रान्तिको काम अगाडि बढाइरहेको छ ।

यसअघि नै छैटौं पार्टी स्थापना दिवसलाई साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरि मनाउने उद्घोष गरिसकेको ने.क.पा.ले पोस्टर र अपिल प्रकाशित गरेको छ । जनसमुदायलाई सम्बोधन गरिएको अपिलमा भनिएको छ, ‘हाम्रानिम्ति यो सुखमय, पवित्र एवम् गौरवपूर्ण दिवस हो । यो सुखद दिवस हामी तपाईंहरूसँग मिलेर खुसी, उमङ्ग र भव्यताका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन चाहन्छौँ ।’

पार्टीले यस वर्षको पार्टी पुनर्गठन दिवस विगतको भन्दा भिन्न परिस्थितिमा मनाउन लागिरहेको भन्दै सहिद, उनीहरूका परिवार, अस्थाका बन्दीहरू र घाइतेको स्मरण गरेको छ । वर्तमान केपी ओली नेतृत्वको सरकारले ने.क.पा.लाई गत फागुन २८ गते प्रतिबन्ध लगाएको पहिलो वर्ष पार्टीले आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।
‘वैज्ञानिक समाजवाद मात्र सचेत एवम् श्रमिक जनताको नेतृत्व गर्ने व्यवस्था भएको भन्दै ने.क.पा.ले अपिलमा भनेको छ, ‘हामी पार्टी पुनर्गठन दिवसको यो सुखद अवसरमा तपाईं सबैलाई अपिल गर्न चाहन्छौँ– आउनुहोस्, शोषणविहीन, जातिविहीन, धर्म्विहीन, वर्ग्विहीन सुन्दर वैज्ञानिक समाजवादी सत्ता निर्माणका लागि अगाडि बढौँ’ । ’

 

अपिलमा नेपालमा सैन्य अखडा कायम गर्न अमेरिकी षड्यन्त्रको प्रतिरोध गरिरहेको ने.क.पा. र उक्त पार्टीमाथि अमेरिका, भारतजस्ता साम्राज्यवादी देशहरूले अनेक षड्यन्त्र गरिरहेको, देशभक्तिको आन्दोलन दबाउन षड्यन्त्र भइरहेको र ओली नेतृत्वको सरकार त्यसको गोटी भइरहेको आरोप पनि नेकपाले लगाएको छ ।

यसैबीच आजै जनमुक्ति सेना दिवस पनि परेको छ । २०५८ सालमा मङ्सिर ८ गते नै जनमुक्ति सेना औपचारिक रूपले घोषणा गरिएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ