स्थानीय तहको विकास खर्च निराशाजनक

स्थानीय तहको विकास खर्च निराशाजनक

  • शनिबार, मंसिर ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, ७ मंसिर ।

स्थानीय तहमा पहिलो चौमासिकका लागि विनियोजित बजेटको खर्चको अवस्था निराशाजनक देखिएको छ ।
स्थानीय तहले गत वर्षको सार्वजनिक सुनुवाइमा पहिलो चौमासिक अवधिमा प्राविधिकमार्फत योजना छनौट, उपभोक्ता समिति गठन, ठेक्का प्रक्रियाको थालनीका लागि गरेका प्रतिबद्धता पूरा गर्न सकेका छैनन् ।
चालू आर्थिक वर्ष २०७६÷७७ को पहिलो चौमासिक अवधि सकिए पनि केन्द्र सरकारको बजेटको १० प्रतिशतमात्र खर्च भएको छ भने प्रदेशको बजेट निकासा नै भएको छैन । विकास खर्च निरासाजनक हुनुमा निर्वाचित जनप्रतिनिधिमात्र नभई कर्मचारीले समेत काम गर्न नसकेको बुद्धिजीवीहरुको भनाइ छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय दैलेखका अनुसार पहिलो चौमासिक अवधिको निकासाको विवरण हेर्दा खर्चको अवस्था निराशाजनक देखिएको हो । सङ्घ सरकारमार्फत आएको बजेटको निकासा हेर्दा चालूतर्फ एक अर्ब १६ करोड ४८ लाख ८५ हजार रकम निकासा भएको देखिएको र यो प्रतिशतका हिसाबले ३०.१७ प्रतिशत हो । विकासतर्फको पूँजीगत खर्च १०.३५ प्रतिशतमात्र छ ।
विकासतर्फ दुई अर्ब २३ करोड ३३ लाख ३१ हजारमध्ये पहिलो चौमासिक अवधिमा २३ करोड १२ लाख ९७ हजारमात्र निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख प्रदीप दोरङ्गाले जानकारी दिनुभयो ।

प्रदेश सरकारको विकास खर्चमध्ये विभिन्न शीर्षकमा प्राप्त बजेट एक अर्ब ६२ करोड २३ लाख ६० हजारमध्ये पहिलो चौमासिक निकासा चार लाख ११ हजार १२३ रुपैयाँमात्र छ । प्रतिशतका हिषाबले यो खर्च ०.०२५ प्रतिशतमात्र हो ।
कर्णाली प्रदेश सरकारमार्फत आएको रकम पहिलो चौमासिक अवधिमा खर्च हुनै सकेको छैन । दैलेखका लागि पहिलो चौमासिक अवधिमा सङ्घीय र प्रदेश सरकारबाट १८ करोड ७६ लाख रकम राजश्व प्राप्त भएको छ । सङ्घ सरकारले १८ करोड ६६ लाख र प्रदेश सरकारले नौ लाख ९२ हजार बजेट विनियोजन गरेको छ ।

दैलेखका ११ वटै स्थानीय तहमा सङ्घ सरकारबाट प्राप्तमध्ये समानीकरण अनुदान रकम ९५ करोड ८६ लाख, ससर्त अनुदान एक अर्ब ७८ करोड २६ लाख गरी जम्मा दुई अर्ब ७३ करोड ८८ लाख ६८ हजार प्राप्त भएको छ । पहिलो चौमासिक अवधिसम्मको निकासा हेर्ने हो भने समानीकरण अनुदानतर्फ २५ करोड ६० लाख ७५ हजार र ससर्ततर्फ सबै स्थानीय तहमा ५० करोड ४३ लाख ६० हजार निकासा गरिएको छ ।

कर्णाली प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत प्रदेशको बजेट खर्च गर्नुपर्ने भए पनि अहिलेसम्म दैलेखमा पूर्वाधार विकास कार्यालयले काम गर्न सकेको छैन । कार्यालय प्रमुख हाजिर भएपनि जिल्लामा नियमित देखिनुभएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ