ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेक्योः देउवा

ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेक्योः देउवा

  • शनिबार, मंसिर ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, ७ मंसिर ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको आरोप लगाउनु भएको छ ।

पोखरामा आज भएको चुनावी सभामा सभापति देउवाले भने ओलीसँग सल्लाह गरेरै भारतले नक्सा जारी गरेको दाबी गर्दै ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको बताउनु भएको हो ।

देउवाले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएको भन्दै सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख रहेकोले महाकालीको पानी पनि आधा हक लाग्ने बताउनु भयो । ओली सरकारले जनताका आँखामा छारो हाल्ने काम गरिराखेको देउवाको आरोप छ ।

साथै उहाले ओली सरकारले भ्रष्टाचार बढाएको पनि पनि आरोप लगाउनु भयो । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने चुनावबाट सरकारका पक्षमा जनता छैनन् भन्ने सन्देश दिन पनि उहाले मतदातालाई आग्रह गर्नुभयो । ओली सरकारले उद्योगी, होटल व्यवसायीलाई पनि कर बढाएर दुस्ख दिइराखेको उहाको आरोप छ । सरकारले उपभोक्ता समितिका नाममा लुटतन्त्र मच्चाएको उहाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ