केन्द्रीय सदस्यसहित दर्जनौँ कार्यकर्ताले समाजवादी पार्टी छाडे

केन्द्रीय सदस्यसहित दर्जनौँ कार्यकर्ताले समाजवादी पार्टी छाडे

  • शनिबार, मंसिर ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

भद्रपुर, ७ मङ्सिर ।

समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य देवकला प्रसाईंसहित झापाका दर्जनौँ कार्यकर्ताले सो पार्टी परित्याग गर्नुभएको छ ।

परित्याग गर्नेमा प्रसाईंसहित सो पार्टीको प्रदेश नं १ कमिटी सदस्य पनिता ढकाल, सङ्घीय परिषद् सदस्य उदय गुरुङ, शिल्पी मोर्चाका केन्द्रीय सदस्य बुद्ध बराइलीलगायत हुनुहुन्छ ।

उहाँहरुले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीकोे कार्यदिशा अस्पष्ट भएकाले परित्याग गरेको जनाउनुभएको छ ।

गत स्थानीय तहको निर्वाचनमा केन्द्रीय सदस्य प्रसाईं अर्जुनधारा नगरपालिकाको प्रमुख र प्रदेश सदस्य ढकाल मेचीनगर नगरपालिकाको उपप्रमुखमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवार हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ