काठमाडौं, ७ मंसिर ।
निर्वाचन आयोगले आज साझसम्मा उपनिर्वाचन हुने ३७ वटै जिल्लामा आवश्यक मतपत्र पुगिसक्ने जनाएको छ । उपनिर्वाचनसँग सम्बन्धित आवश्यक सबै कागजपत्र सवै स्थानमा आजसम्म र्पुयाईने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्राविधिक कारण रामेछाप, खोटाङ, भोजपुर र शंखुवासभामा मतपत्र पठाउने काम बाँकी रहेको भन्दै आयोगले अपरान्हसम्म हेलिकप्टरमार्फत मतपत्र पुरÞ्याउने जनाएको छ । आगामी १४ गते ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।
आयोगले मतदाता शिक्षा भने जारी रहेको जनाएको छ । निर्वाचन लक्षित सुरक्षा व्यवस्था चुस्त पारिएको दावी गरेको आयोगले यसअघि चार वटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालय र सुरक्षा मन्त्रालयका सचिवहरुसंग छलफल गरेको थियो ।
यसैबीच, उपनिर्वाचन हुने ३७ जिल्लाका ५२ स्थानमा नै ठुला दलहरुले चुनावी प्रचार प्रसार तिब्र बनाएका छन् । उपनिर्वाचनको मुख्य आर्कषण मानिएको कास्की क्षेत्र नम्बर २ र प्रदेशसभा उपनिर्वाचन हुने बाग्लुङ, भक्तपुर र दाङमा सत्तारुढ तथा प्रतिपक्षी दलका शिर्ष नेताहरु नै चुनावी अभियानमा खटिएका छन् ।
मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी प्रचार ,र्याली जस्ता कार्यक्रमहरु गरिरहेको छन् । उपनिर्वाचनको मौन अवधि सुरु हुन ४ दिन मात्रै बाकीँ छ । मंसिर ११ गते मध्यराती १२ बजेदेखि मौन अवधि सुरु हुनेछ ।
अहिले सत्तारुढ दल नेकपाका शीर्ष नेताहरु उपनिर्वाचन हुने अधिकांस जिल्लामा खटिएका छन् । भने प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शिर्ष नेताहरु पनि चुनावी क्षेत्रमा नै पुगेका छन् ।