अकुपाई टुँडिखेल अभियानः आज साहित्यिक जमघट

अकुपाई टुँडिखेल अभियानः आज साहित्यिक जमघट

  • शनिबार, मंसिर ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

७ मंसिर, काठमाडौं ।

अकुपाई टुँडिखेल अभियानको तेस्रो कार्यक्रमअन्तर्गत आज साहित्यिक जमघट हुने भएको छ । आज विभिन्न साहित्यकारहरुले रचनात्मक ढंगले विरोध जनाउने अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

सांस्कृतिक, प्राकृतिक, सामाजिक प्रत्याभूति गराउने टुँडिखेल हाल पार्किङ, अनाधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर मासिदै गएको भन्दै सम्पदाप्रेमीहरुले गत कात्तिकदेखि अकुपाई टुँडिखेल अभियान चलाउँदै आएका छन् ।

यसअघि कात्तिक २३ गते पहिलो चरणको विरोध स्वरुप पूर्वप्रधानमन्त्रीदेखि काठमाडौं महानगरपालिकाका उपमेयरसँगै विभिन्न क्षेत्रमा आवद्ध सर्वसाधारणहरुको उपस्थितिमा मानव साङ्लो बनाएर टुँडिखेल संरक्षणको सन्देश दिइएको थियो ।

पछिल्लो हप्ता दोस्रो चरणको आन्दोलनको सूचिअनुसार टुँडिखेल भित्र बिरुवा रोपिएको थियो । कुनै समयमा एसियाकै ठूलो खुला मैदान मानिने टुँडिखेल अहिले साँघुरिँदै गएको छ । केही वर्षदेखि नेपाली सेनालाई समेत टुँडिखेल मिचेको आरोप लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ