पैसाको मुठो बाँडेर मतदातालाई प्रलोभन पार्ने सपना नदेखे हुन्छः कांग्रेस

पैसाको मुठो बाँडेर मतदातालाई प्रलोभन पार्ने सपना नदेखे हुन्छः कांग्रेस

  • शुक्रबार, मंसिर ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

पोखरा, ६ मङ्सिर ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत आज पोखरामा नेपाली काँग्रेसले शीर्ष नेतासहितको विशाल ¥याली निकालेको छ ।

पार्टीका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, धनराज गुरुङलगायत नेता सहभागी ¥याली चिप्लेढुङ्गाबाट न्यूरोड, सभागृह हुँदै पृथ्वीचोक पुगी सभामा परिणत भएको थियो । सभामा केन्द्रीय सदस्य रिजालले वर्तमान सरकारका संविधान विरोधी, अलोकतान्त्रिक प्रवृत्तिलाई सच्याउनका लागि उपनिर्वाचनमा काँग्रेसले जित्नुपर्ने बताउनुभयो ।
काँग्रेसले कास्की क्षेत्र नं २ मा छ दशक योगदान गरेका त्यागी निष्ठावान् नेता खेमराज पौडेललाई उम्मेदवारका रुपमा अघि सारेको उल्लेख गर्दै उहाँले त्याग र निष्ठाको राजनीतिका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलले आफू सधँै जनताका पक्षमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो

काँग्रेस कास्कीको चुनाव प्रचार अभियान आजदेखि तेस्रो चरणमा प्रवेश गरेको छ । काँग्रेसले उम्मेदवार मनोनयनदेखि मौन अवधिसम्मका समयलाई तीन चरणमा विभाजन गरी चुनावी प्रचार गरेको थियो । पहिलो चरण पाँच दिन, दोस्रो र तेस्रो चरण सात÷सात दिनको छ । पहिलो चरणमा चुनावी प्रचार समिति गठन र रणनीतिक छलफल गरेको काँग्रेसले दोस्रो चरणमा पूरै समय घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित ग¥यो । तेस्रो चरणका सात दिनमा पूरै समय चुनावीसभा, घरदैलो, मतदाता भेटघाट मै केन्द्रित गर्ने कास्की काँग्रेसका सभापति एवं चुनाव प्रचार समितिका सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।

उहाँले यो चरणमा चुनावीसभामार्फत पार्टीको प्रतिबद्धता जनतासामु लैजाने, मतदातालाई लोभ र प्रलोभनमा पार्ने कार्यको गोप्यरूपमा अनुगमन र खबरदारी गर्ने बताउनुभयो । “पूरै पार्टी पङ्क्ति यो चुनावमा परिचालन भएको छ, जुन ठाउँमा जो आवश्यक पर्छ सोहीअनुरुप रणनीति तयारी गरेका छौँ”, सभापति केसीले भन्नुभयो, “अबको सात दिन मतदाता केन्द्रित हुनेछौँ । पैसाको मुठो बाँडेर मतदातालाई प्रलोभन पार्नेविरुद्ध खबरदारी गर्न पूरै तयारी गरेका छौँ ।पैसा बाडेर चुनाव जित्ने सपना नदेखे हुन्छ।”

यसैबीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मुलुकलाई ठीक ठाउँमा ल्याउन काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने बताउनुभएको छ । पोखरा–९ मा आज काँग्रेसद्वारा आयोजित चुनावीसभामा सरकारले चालेका कदम अलोकतान्त्रिक भएको आरोप लगाउँदै नेता कोइरालाले संविधान, प्रेस स्वतन्त्रता, समावेशीता, गणतन्त्र र सङ्घीयता मास्न सरकार उद्धत रहेको उल्लेख गर्नुभयो ।

विकास निर्माणबारे नेता कोइरालाले भन्नुभयो, “कास्की क्षेत्र नं २ अन्तर्गत केही वडामा काँग्रेसका प्रतिनिधि छन्, प्रदेशमा पनि काँग्रेसकै प्रतिनिधि छन् । त्यसैले प्रतिनिधिसभामा पनि काँग्रेसकै नेता पुगे यस क्षेत्रको विकास कायापलट हुन्छ ।”

अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गर्नुभयो । राजनीतिमा सज्जन, सदाचारी, इमान्दारी, आफू र परिवारभन्दा माथि उठ्ने, राजनीतिलाई पेशा नठान्ने मान्छे आवश्यक रहेकाले यी गुण उम्मेदवार पौडेलमा रहेको उहाँको भनाइ थियो ।

पोखरा–९ का वडासभापति उमा ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस नेता शुक्रराज शर्मा, विन्दुकुमार थापा, वीरेन्द्रनारायण बिजुक्छे, रामराज लामिछाने र शिवराज बाँस्तोलालगायतले खेमराज पौडेललाई जिताउनुपर्ने विषयमा जोड दिनुभएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ