सीमा निरीक्षण गर्ने सरकारको निर्णय, यस्ता छन् मन्त्रीपरिषद्का २२ वटा निर्णयहरु

सीमा निरीक्षण गर्ने सरकारको निर्णय, यस्ता छन् मन्त्रीपरिषद्का २२ वटा निर्णयहरु

  • बिहिबार, मंसिर ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

काठमाडौं ५ मंसिर ।

सरकारले भारत र चीनतर्फका सीमा नाकाहरुको निरिक्षण गर्ने भएको छ । तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेगरी नेपाल–भारत र नेपाल–चीन सीमा निरीक्षण गर्न मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

उक्त समितिले भारत र चीनतर्फका सीमा अतिक्रमण भए्– नभएकोबारे अध्ययन गरेर प्रतिवेदन तयार गर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

परराष्ट्र, गृह, भूमिसुधार मन्त्रालयका प्रतिनिधि रहने समितिलाई नेपाल–भारत र नेपाल–चीनबीच सम्बन्धित देश दुरुस्त रहे – नरहेको यकिन गर्न समितिको कार्यादेश तोकिएको उहाले बताउनु भएको छ । समितिले सीमा स्तम्भ हराए–नहराएको यकीन गर्ने, मौसम अनुकुल हुनासाथ कार्य गर्ने कार्यदेश दिइएको छ ।

यस्तै बैठकले जबरजस्ती करण मुद्दाका चार पीडितलाई राज्यले अभिभावक्त्व ग्रहण गर्दै संविधान प्रदत्त सामाजिक पुनःस्थापना र क्षतिपूर्तिको हकलाई प्रयोग र प्रचलन गर्नका लागि जनही पाँच लाख उपलब्ध गराउने समेत निर्णय गरेको छ।

सरकारले लोचन कुमारी हरलालक, जयप्रकाश अग्रवाल र रञ्जितकुमार अग्रवालको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरेको छ ।

त्यसैगरी नेपाली सेनाका ६१ जना रथी र अधिकृतको सरुवा गरेको छ भने प्राविधिक सहायक रथी रामधर सिंहलाई प्राविधिक उपरथी दर्जामा र प्राविधिक महासेनानी कमलविक्रम शाहलाई प्राविधिक सहायक रथीमा पदोन्नति गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ