काठमाडौं मंसिर ५, ।
निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । मंसिर ११ गतेसम्म हुने मतदाता शिक्षा कार्यक्रम बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ ।
उपनिर्वाचन हुने ३७ जिल्लाका ५२ क्षेत्रमा स्थानीय निर्वाचन केन्द्रले खटाएका प्रतिनिधीहरुले मतदाता शिक्षा प्रदान गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचन अन्र्तगत प्रतिनिधीसभा १, प्रदेशसभा ३ र ३५ जिल्लाका ४४ स्थानमा स्थानीयतहको निर्वाचन हुनेछ ।
उपनिर्वाचनकालागि आवश्यक मतपत्र ढुवानी सुरु भएकाले भोलिसम्म ३७ जिल्लामा मतपत्र पुग्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline