काठमाडौं, मंसिर ५ ।
राष्ट्रिय जनता पार्टी राजापाको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी आजदेखि पुनः राजेन्द्र महतोले सम्हानुभएको छ । चक्रीय प्रणाली अनुसार अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको दुईमहिने अवधि सकिएपछि पुनः महतोको पालो आएको हो ।
अध्यक्ष मण्डलको बैठकले पार्टी विधान अनुसार महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो । महतोले यसअघि पनि संयोजकको जिम्मेवारी सम्हालिसक्नुभएको छ । २०७४ वैशाखमा तराई–मधेशकेन्द्रित ६ पार्टी मिलेर राजपा गठन भएको थियो ।
पार्टी एकता भएपछि डेढ वर्षभन्दा बढी समय महन्थ ठाकुर संयोजक हुनुभएको थिए । त्यसपछि विधान संशोधन गरी चक्रीय प्रणालीमा दुईरदुई महिनामा संयोजक परिवर्तन हुने व्यवस्था गरिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline