आजदेखि काठमाण्डौमा पावर समीट २०१९ सुरु, मन्त्रीसहित ७५० स्वदेशी तथा विदेशी ऊर्जाविद् सहभागी हुँदै

आजदेखि काठमाण्डौमा पावर समीट २०१९ सुरु, मन्त्रीसहित ७५० स्वदेशी तथा विदेशी ऊर्जाविद् सहभागी हुँदै

  • बिहिबार, मंसिर ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, मंसिर ५ ।

ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को आयोजनामा आजदेखि काठमाण्डौमा पावर समीट २०१९ सुरु हुँदै छ ।

नेपालका उपप्रधानमन्त्री, ऊर्जा मन्त्री र अर्थमन्त्रीसहित बंगलादेश र भुटानका ऊर्जा मन्त्रीसमेत सहभागी हुने समीटमा स्वदेशी तथा विदेशीसहित ७५० ऊर्जा्विद् र सरोकारवालाहरु सहभागी हुनेछन् ।
सम्मेलनमा भारतबाट १ सय भन्दा र बंगलादेशबाट ३५ भन्दा बढी उच्चअधिकारी सहभागी हुने छन् । समीटमा विद्युत् व्यापार, यसको सम्भावना, आवश्यक पूर्वाधारलगायतका विषयमा केन्द्रित रहेर एक दर्जन सत्रमा छलफल हुन लागेको इपानका उपाध्यक्ष कुमार पाण्डेले जानकारी दिनुभयो । आयोजना निर्माण तथा ऊर्जा व्यापारका विषयमा १० सम्झौता समेत हुने छ ।

कार्यक्रमको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने छन् ।समीटमा हुने छलफल तथा भारत, भुटान र बंगलादेशका प्रतिनीधिहरुसँग हुने बैठकले विद्युत् व्यापारको बाटो खोल्न फलदायी हुने अपेक्षा आयोजकको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी