४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरे पनि बुधवारसम्म हट्ने र नयाँ बन्ने मन्त्रीहरुको टुंगो लागेको छैन ।
बुधबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले दुई अध्यक्ष जिम्मेवारी बाँडफाँट गरे पनि मन्त्री हेरफेरबारे टुंगो लगाएको छैन । बैठकले यसबारे निर्णय गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको छ ।
स्रोतकाअनुसार पूर्व माओवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री हट्ने पक्का भएको छ । अहिलेसम्म कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको स्रोत बताउछ ।
यस्तै पूर्वएमालेको कोटाबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएको छ । पूर्वएमालेबाट अरु केही मन्त्री हट्ने भनिए पनि टुंगो लागेको छैन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्नसक्ने चर्चा चलेपनि टुङ्गो लागेको छैन ।
नयाँ मन्त्रीहरुको टुंगो लाग्न बाँकी रहेकाले भोली बिहान सम्म टुङगो लगाएर भोली नै नवनियुक्त मन्त्रीहरुलाई सपथ गराईने स्रोतले जनाएको छ ।