राजीनामा दिन प्रधानमन्त्रीले गरेको आग्रह उपसभामुखले गरिन् अस्वीकार

राजीनामा दिन प्रधानमन्त्रीले गरेको आग्रह उपसभामुखले गरिन् अस्वीकार

  • बुधबार, मंसिर ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौं, ४ मंसिर ।

प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षकेपी शर्मा ओलीले राजिनामा दिन गरेको आग्रह अस्वीकार गर्दै उपसभामुख शिवमाया तुम्बाहाम्फेले मन्त्रीसँग पद नसाट्ने बताएकी छन्।

उपसभामुख तुम्बाहाम्फेले संवैधानिक पद संकटमा पर्नेगरी राजीनामा नदिने बताएकी हुन्। मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेटेर राजिनामा दिन आग्रह गरेका थिए ।

सभामुखसमेत नभएको अवस्थामा आफुले राजीनामा दिँदा संवैधानिक संकट हुने भन्दै उपसभामुखले प्रधानमन्त्रीको आग्रह अस्वीकार गरेको स्रोतले बताएको छ ।

नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख र उपसभामुखको छुट्टै व्यक्तिलाई बनाउने तयारी गरेको छ।
संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख एउटै दलको नहुने व्यावस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ