लिपुलेक र कालापानीमा राजा वीरेन्द्रले गराएका थिए जनमत संग्रह !

लिपुलेक र कालापानीमा राजा वीरेन्द्रले गराएका थिए जनमत संग्रह !

  • बुधबार, मंसिर ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, ४ मंसिर । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा उल्लेखित लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत दार्चुला जिल्लाका सबै वडामा जनमत संग्रह भएको तथ्याङ्क फेला परेको छ ।

वि.स. २०३६ मा राजा वीरेन्द्रले सुधारिएको पञ्चायत लिने कि बहुदलीय व्यवस्था ? भन्ने विषयमा जनमत संग्रह गराउँदा सो क्षेत्रका जनता सहभागी भएको अभिलेख फेला परेको हो ।

राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गाका अनुसार उक्त अभिलेखमा महाकाली अन्चलको सुदुरपश्चिमान्चल विकास क्षेत्रअन्तर्गत दार्चुलाका २५ पञ्चालयतका जनताले जनमत संग्रहमा सहभागिता जनाएका थिए ।

२५ जिल्लालाई भाग १ र २ मा छुट्याइएको उक्त अभिलेखमा ती पञ्चायतसँगै लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटिएको छ । यी तीनवटै स्थान अहिले ब्यास नगरपालिकामा पर्दछन् । -नेपाल समाचारपत्र दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ