नेपाल र भारतबीच सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा

नेपाल र भारतबीच सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा

  • मङ्लबार, मंसिर ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

पोखरा, ३ मङ्सिर । नेपाल र भारतबीच सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा शुरु हुने भएको छ । तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ ।

नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डाइरेक्टर जनरल राजेशचन्द्रले टोलीको नेतृत्व गर्नुहुनेछ । बैठकमा नेपालका तर्फबाट दश र भारतका तर्फबाट छ पदाधिकारीको सहभागिता रहने सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले जानकारी गराउनुभयो ।

बैठकमा सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसार लगायतका विषयमा छलफल हुने सशस्त्र प्रहरीका नायब महानिरीक्षक कुँवरले जानकारी गराउनुभयो । यो नियमित वार्षिक बैठक रहेको उहाँले थप्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी