कांग्रेसले उपनिर्वाचनका लागि पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्दै

कांग्रेसले उपनिर्वाचनका लागि पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्दै

  • मङ्लबार, मंसिर ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौं, ३ मंसिर ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि पार्टीको चुनावी घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ ।
कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले तीनै तहको उपनिर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गर्न लागेको हो ।
प्रवक्ता शर्माले पत्रकार सम्मेलनमार्फत चुनावी घोषणा पत्र सार्वजनिक गरिने जानकारी दिनुभयो । उपनिर्वाचनसँगै देशको समसामयिक राजनीतिमा केन्द्रित भएर पत्रकार सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो ।
उपनिर्वाचन नजिकिए संगै कागे्रसले प्रचार प्रसारलाइ पनि तिव्र बनाएको छ । मंसिर १४ गते देशका विभिन्न स्थानमा रिक्त रहेका तीनै तहका विभिन्न पदका लागि उपनिर्वाचन हुँदैछ ।
तर, मुख्य दलहरु प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा केन्द्रित देखिएका छन । कास्की–२ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर, बाग्लुङ र दाङमा प्रदेशसभा सदस्य पद रिक्त छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ