प्रचण्डको सचिवालयद्वारा मन्त्रिमण्डल हेरफेरबारे समाचारको खण्डन, भन्यो– प्रधानमन्त्रीको क्षेत्राधिकार

प्रचण्डको सचिवालयद्वारा मन्त्रिमण्डल हेरफेरबारे समाचारको खण्डन, भन्यो– प्रधानमन्त्रीको क्षेत्राधिकार

  • मङ्लबार, मंसिर ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

३ मंसिर, काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच सहमती हुन बाँकी रहेको चर्चा चलिरहेका बेला प्रचण्डको सचिवालयले भने त्यसको खण्डन गरेको छ ।
प्रचण्डको निजी सचिवालयले आज विज्ञप्तिमार्फत मन्त्रिपरिषद फेरबदलको विषय प्रधानमन्त्रीको क्षेत्राधिकार भएको भन्दै अध्यक्ष प्रचण्डले बारम्बार त्यही कुरामा जोड दिएको जनाएको छ ।
नेकपा नेतृत्वमा रहेको सरकारमा सहभागी मन्त्रीहरु हेरफेरको विषयमा अध्यक्ष प्रचण्डलाई जोडर प्रशारित तथा प्रकाशित समाचार भ्रामक भएको भन्दै सचिवालयले खण्डनका साथै भत्सना गरेको हो ।
मन्त्रीपरिषद हेरफेरको विषय प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकार भएको सचिवालयको भनाइ छ ।
मन्त्रिपरिषद पुनर्गठनका सन्दर्भमा सोमवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो । आज पनि दुई अध्यक्षबीच मन्त्रीपरिषद हेरफेरकै बिषयमा छलफल हुने चर्चा चलिरहदा प्रचण्डको सचिवालयको उक्त विज्ञप्ति सार्वजनिक भएको हो ।
आज अध्यक्ष प्रचण्ड पश्चिम नवलपरासिमा हुने व्यापार मेलामा सहभागी हुन जानुभएको र प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफल गर्ने कुनै कार्यक्रम तय नभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म दुई अध्यक्षबीच छलफल हुने कुनै कार्यक्रम तय भएको छैन ।
यसैबीच नेकपा केन्द्रीय सचिवालयको बैठक बुधबार बस्ने भएको छ । सो बैठकपछि मन्त्रिपरिषद पुनर्गठनको टुंगो लाग्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ