झिनो अङ्कले घट्यो नेप्से

झिनो अङ्कले घट्यो नेप्से

  • सोमवार, मंसिर २, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौँ, २ मङ्सिर ।
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ । आइतबार पनि ओरालो लागेको नेप्सेले आफ्नै लय पछ्याउँदै आज पनि नेप्से ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०।२४ विन्दुले घटेर एक हजार १३१।१२ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०।५३ विन्दुले घटेर २४८।६० विन्दुमा पुगेको छ । नेप्से झिनो अङ्कले घटेपनि कारोबार रकम भने औसतमा रहेको छ । कूल १६० कम्पनीका ११ लाख ८८ हजार ८४५ कित्ता शेयर रु ३५ करोड ६८ लाख ६१ हजार ८५७ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहका शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने बढेको छ ।

जलविद्युत् ५।८९, उत्पादन ३८।९१, अन्य ०।३४, सामूहिक लगानी कोष ०।०४ विन्दुले घटेको छ । यस्तै बैंकिङ ०।१, व्यापार ३१।८३, होटल २।१३, विकास बैंक ०।०८, वित्त २।३९, निर्जीवन बीमा १८।५१, लघुवित्त ०।५३, जीवन बीमा २९।२७ विन्दुले बढेको छ । कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु आठ करोड ३९ लाख ६३ हजार ९९ मूल्यमा कारोवार भई शीर्ष स्थानमा छ ।

यस्तै एनएमबी बैंक रु तीन करोड ६८ लाख ८१ लाख ६२०, प्राइम बैंक रु दुई करोड ६४ लाख ९२ हजार, कृषि विकास बैंक रु दुई करोड १६ लाख ६३ हजार ४६९, शिवम् सिमेन्ट रु दुई करोड पाँच लाख ६० हजार ६९०, नबिल बैंक रु एक करोड ७७ लाख सात हजार ९५३ र एनआइसि एशिया बैंक रु एक करोड ४० लाख १३ हजार १३ हजार ३२ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

कारोवारका आधारमा आज पनि साल्टटे«डिङ कर्पोरशेनका शेयरधनीले ९।९३ प्रतिशतले कमाए । यस्तै घोडाघोडी लघुवित्त वित्तीय संस्था ९।९१, सिनर्जी पावर ५।१९, विशाल बजार कम्पनी ३।९५, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संसथा ३।२३, अरुण भ्याली हाइड्रोपावर ३।१६ र गुडबिल फाइनान्सका शेयरधनीले ३।०५ प्रतिशतले कमाए । त्यस्तै, यूनिभर्सल पावर ५।४०, हिमालयन पावर पार्टनर ३।५७, पाँचथर पावर ३।५७, सानिमा माई हाइड्रोपावर ३।१५, नबिल इक्विटी फण्ड ३।०२ र सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३।०१ प्रतिशतले गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ