उपनिर्वाचनमा सरकारविरुद्ध जनमत तयार गर्न आवश्यक: नेता पौडेल

उपनिर्वाचनमा सरकारविरुद्ध जनमत तयार गर्न आवश्यक: नेता पौडेल

  • सोमवार, मंसिर २, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

पाँचथर, मंसिर २ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार अधिनायवादतर्फ उन्मुख हुँदै गएको आरोप लगाउनु भएको छ ।

नेता पौडेलले आज नेपाली काग्रेस फिदिम वार्ड न. १ ले फिदिम बजारमा आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै कम्युनिष्ट पार्टील्े जनताले दिएको मतको दुरुपयोग गरेको बताउनु भएको हो ।

कम्युनिष्टले जनताले दिएको मतको दुरुपयोग गरेका कारण आसन्न उपनिर्वाचनमा सरकार विरुद्ध जनमत तयार गर्न आवश्यक रहेको बताउनुभयो ।

कम्युनिष्टको शासन असफल भइसकेकोले देशभर कम्युनिष्टका उम्मेद्वारलाई हराएर सन्देश दिनु पर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।

सोही कार्यक्रममा बोल्दै काग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले कम्युनष्टि नभई कमाउनिष्ट पार्टी तर्फ उन्मुख भएको आरोप लगाउनुभयो । सरकारले काण्डै काण्ड मच्चाएको दाबि गर्दै पाण्डेले जनताले लोकतन्त्रको सुखद अनुभुति गर्न नपाएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ