मन्त्रीमण्डल हेरफर गर्दै प्रधानमन्त्री ओली, खुमलटार-बालुवाटारमा नेताहरुको चहलपहल

मन्त्रीमण्डल हेरफर गर्दै प्रधानमन्त्री ओली, खुमलटार-बालुवाटारमा नेताहरुको चहलपहल

  • सोमवार, मंसिर २, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, मंसिर २ ।
आज मन्त्रीमण्डलमा केही हेरफर गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गर्नु भएको छ । प्रधानमन्त्री ओलीले आज साँझ सम्म केहि नयाँ मन्त्रीलाई जिम्मेवारी दिने तयारी गर्नु भएको हो ।

उहाँले वर्तमान सरकारमा रहेका मन्त्रीहरुको कार्यसम्पादनका आधारमा आधा दर्जन बढि मन्त्री फेर्ने योजना बनाउनु भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । पार्टीको उच्च तहमा छलफल गरी नाममा सहमति भए, आजै नभए भोलिसम्ममा नयाँ मन्त्री नियुक्त गर्ने बताइएको छ ।

सरकारको कामकारबाहिलाई लिएर असन्तुष्टि बढिरहेका बेला मन्त्रीहरुको कार्यप्रगतिप्रति रोष प्रकट गर्दै उहाँले विकल्प खोज्न लाग्नु भएको हो । उहाँले आजै यसबारे पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्दै हुनुुहुन्छ ।

प्रधानमन्त्री ओलीले दाहालसँगको छलफलपछि फालिने र मन्त्रिपरिषदमा ल्याइने नयाँ मन्त्रीका विषयमा अन्तिम निर्णय लिनु हुनेछ ।

प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पूर्नगठन गर्ने तयारी गरेपछि खुमलटार र बालुवाटारमा नेताहरुको चहलपहल बढेको छ । नेकपाका अर्का अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सरकारमा रहेका फालिने सम्भावित मन्त्रीदेखि नयाँ नियुक्त हुने मन्त्रीहरु सम्मका विषयमा नेताहरुबीच छलफल भएको स्रोत बताउछ ।

छलफलका लागि सोमबार बिहान नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायतका नेताहरुको जमघट रहेको स्रोतले जानकारी दियो।

प्रधानमन्त्री ओलीले दाहालसँगको छलफलपछि फालिने र मन्त्रिपरिषदमा ल्याइने नयाँ मन्त्रीका विषयमा अन्तिम निर्णय लिने तयारी गरेपछि खुमलटारमा नेताहरु पुगेको बताईएको छ ।

नेकपाको सचिवालय बैठकले आइतबार प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पूर्नगठनका लागि सैद्धान्तिक सहमति दिएको थियो। त्यसपछि नेताहरुबीच भेटघाट र संवाद बाक्लिएको हो।

स्रोतका अनुसार उता बालुवाटारमा पनि प्रधानमन्त्री ओलीले क्याबिनेट पुर्नगठनकै एजेण्डामा केन्द्रीत रहेर आफू निकटस्थ नेताहरुसँग छलफल गरिरहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ