उपनिर्वाचन बहिस्कार गर्ने ने.क.पा.काे निर्णय(विज्ञप्तिसहित)

उपनिर्वाचन बहिस्कार गर्ने ने.क.पा.काे निर्णय(विज्ञप्तिसहित)

  • शनिबार, कार्तिक ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं, ३० कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर १४ गते हुन लागेकाे उपचुनाव बहिष्कार गर्ने जनाएकाे छ । साे पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै भारतीय साम्राज्यवादले नेपाली भूमि कब्जा गर्दा र मुलुकमाथि राष्ट्रघात हुँदा पनि साम्राज्यवादको विरोध गर्नुको सट्टा जनतालाई झुक्याउन र सामाजिक दलाल फासिवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक मञ्चन गरिएको भन्दै उपचुनाव बहिस्कार गर्ने घाेषणाा गरेका हुन् ।

उनले सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्ष गर्ने सम्पूर्ण शक्तिलाई दमन गर्दै आएकाले सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने निर्णय पार्टीले गरेको प्रस्ट पारेका हुन् ।

महासचिव विप्लवको विज्ञप्तिमा लेखिएको छ, ‘वर्तमान सामाजिक फासिवादी सरकारले यही मङ्सिर १४ गते कथित उपनिर्वाचनको घोषणा गरेको छ । भारतीय साम्राज्यवादले नेपालको जमिन मिचेर नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसका विरुद्ध देशभक्त जनता सडकमा उत्रिएका छन् । हाम्रो पार्टीले सबै देशभक्त शक्तिलाई उक्त सङ्घर्षमा उत्रिन पनि आह्वान गरिराखेको छ । आफूलाई खाँट्टी राष्ट्रवादी भएको भन्दै आएको केपी सरकारले यति ठूलो राष्ट्रघात हुँदा पनि भारतीय साम्राज्यवादको विरोध गर्नुको सट्टा जनतालाई झुक्याउन र सामाजिक दलाल फासिवादी सत्ता सुदृढ गर्न उपनिर्वाचनको नाटक मञ्चन गरेको छ । लोकतन्त्रको वकालत गर्न सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्ष गर्ने सम्पूर्ण शक्तिलाई दमन गर्दै आएको छ । त्यसैले हाम्रो पार्टीले यो उपचुनावको सशक्त बहिष्कार गर्ने पार्टी निर्णय गरेको छ ।’
महासचिवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो सरकारले गरेको राष्ट्रघात, महँगी, भ्रष्टाचार, बेरोजगारीलाई यस्ता संसदीय चुनावहरूले समाधान गर्न नसक्ने भएकाले श्रमिक तथा उत्पीडित वर्ग, सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई यो चुनाव बहिष्कार गर्न पार्टी अपिल गर्दछ ।’
वली सरकार र सत्तामा सामेल पार्टीका गतिविधिमाथि पार्टीले प्रतिबन्ध लगाएको स्पष्ट पार्दै विज्ञप्तिमा भनिएको छ, ‘विगत आठ महिनादेखि यो सामाजिक फासिवादी दलाल सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध थोपरेको छ । उक्त प्रतिबन्धको चौतर्फी विरोध हुँदाहुँदै पनि हत्या हिंसा र गिरफ्तारी जारी राखेको छ । यो सरकारले हाम्रो पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म उपचुनावका कार्यक्रमहरूमा सरकार र सत्तामा सामेल पार्टीहरूका गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तसर्थ आमजनतालाई सरकारी पार्टीका चुनावी कार्यक्रमहरूमा सहभागी नबन्न विशेष अनुरोध गर्दछौँ ।’
महासचिव विप्लवको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘देशैभरि निरङ्कुशता र सर्वसत्तावादी फासिवादी सरकारको उक्साहटमा लागेर जनता र हाम्रो पार्टीविरुद्ध दमनमा सहभागी नबन्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अनुरोध गर्दछौँ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ