मधेसी जनता सीमा सुरक्षाको किल्ला हुन्ः वैद्य

मधेसी जनता सीमा सुरक्षाको किल्ला हुन्ः वैद्य

  • शुक्रबार, कार्तिक २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

जनकपुर, कार्तिक २९ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले भारतीय विस्तारवादको सीमा अतिक्रमणका विरुद्ध मधेसी जनता बारम्बार लड्दै आएको चर्चा गर्दै मधेसी जनता सीमा सुरक्षाको किल्ला भएको बताउनु भएको छ । पार्टीको २ नं प्रदेशको प्रथम सम्मेलनको उद्घाटन गर्न जनकपुर पुग्नुभएका महासचिव किरणले वर्तमान सरकारको उल्टो बुद्धि भएका कारण सीमा सुरक्षा गर्न नसकेको बताउनु भयो ।

दुई दिनसम्म चल्ने प्रथम सम्मेलनको उद्घाटनमा महासचिव मोहन वैद्य किरणले प्रतिक्रियावादी शक्तिहरुको नेतृत्वमा वर्तमान सरकार रहेकोले राष्ट्रियता संरक्षण गर्ने सवालमा गम्भिर नरहेको समेत बताए । उहाँले यो सरकार भारतले नेपाली सीमा मिचिरहँदा चुपचाप लागेर बस्नुले सरकारको विस्तारवादपरस्त दलाल चरित्र उदाङ्गो भएको बताउनस भयो ।

पहाडी शासकहरुले मधेशी जनताको नियतमाथि सधै शंका गर्दै आएको आरोप लगाउँदै महासचिव किरणले मधेशी जनता पटक पटक नेपाली सीमाको सुरक्षाका लागि लड्ने गरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘मधेशी जनताले वास्तवमा वर्षोदेखि सुरक्षा किलाको रुपमा काम गर्दै आएका छन् ।’

उल्टो बुद्धि भएको सरकारले सीमा सुरक्षा गर्नुपर्ने सेनालाई ठेक्का पट्टामा लगाएको भन्दै उहाँले उक्त कार्यको बिरोध गर्नुभयो । महासचिव किरणले ठेक्कापट्टा छाडेर सीमा सुरक्षाका लागि सेना परिचालन गर्न पनि माग गर्नुभयो ।

वर्तमान सरकार बिरुद्ध आक्रामक रुपमा प्रस्तुत हुनुभएका किरणले संघीयता आएपनि केन्द्र सरकारले सबै अधिकार आफूमा निहित राखेकोले प्रदेश सरकार आफैले केन्द्र सरकार विरुद्ध लड्नु आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ