मन्त्रिपरिषद् हेरफेर र विभिन्न आयोगको पदपूर्तिबारे छलफल गर्न नेकपाकाे बैठक बस्दै

मन्त्रिपरिषद् हेरफेर र विभिन्न आयोगको पदपूर्तिबारे छलफल गर्न नेकपाकाे बैठक बस्दै

  • शुक्रबार, कार्तिक २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं, २९ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक शुक्रवार बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् हेरफेर, विभिन्न आयोगको पदपूर्ति, उपनिर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता माधव नेपाल लगायतसँग लगातार तीनदिनसम्म परामर्श गरेपछि बैठक बोलाइएको हो ।पछिल्लो समय प्रधानमन्त्री ओलीले जिम्मेवारी नपाएका नेताहरूको व्यवस्थापन गर्न चाहेको बताइएको छ ।

उहाँले सरकारका काममा उपप्रधान तथा रक्षामन्त्री पोखरेल र पार्टीका काममा अर्का अध्यक्ष दाहाललाई थप केही भूमिका दिने तयारी गरेको बताइएको छ । दाहाललाई कार्यकारी अध्यक्षका हैसियतमा पार्टीको नेतृत्व दिने प्रधानमन्त्री ओलीको तयारी रहेको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ