नेकपा सुनसरीका जिल्ला सेक्रेटरीसहित ३ जना गिरफ्तार

नेकपा सुनसरीका जिल्ला सेक्रेटरीसहित ३ जना गिरफ्तार

  • बुधबार, कार्तिक २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

इटहरी, २७ कार्तिक ।
नेपाल कम्युनिस्ट पार्टीका सुनसरी जिल्ला सेक्रेटरीसहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला सेक्रेटरी सुनसरी दुहबी न.पा. ८ बस्ने बर्ष ३१ को मोहन बस्नेत, युवाको जिल्ला संयोजक भोजपुर ट्याम्के मैयुम गा.पा. २ का ३५ बर्षिय सागर राई र धरान उ.म.न.पा. ११ बस्ने बर्ष ३९ को क्षितिज भन्ने सुरेश कुमार राईलाई प्रहरीले गिरफ्तार गरेको हो ।

बस्नेतलाई सुनसरी इटहरी ८ र अन्य दुई जनालाई रामधुनीबाट कार्तिक २६ गते गिरफ्तार गरेको प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएके हो ।
उनीहरुलाई वी।पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको कम्पाउण्ड भित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा भएको बम बिस्फोटसम्बन्धि मुद्धा लगाएर आजै म्याद थप गरेको पनि जनाईएको छ ।
१ न. प्रदेश प्रदेश प्रहरी कार्यालय, क्षेत्रिय अनुसन्धान समुह बिराटनगर र इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले उनीहरुलाई गिरफ्तार गरेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ