जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ

जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ

  • बुधबार, कार्तिक २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

चितवन, २७ कात्तिक । माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ । घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि विकलाई माडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले उनलाई चितवन जिल्ला अदालतमा जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गर्न पाँच दिनको समय माग गरी अनुसन्धान थालिएको बताउनुभयो ।

जबरजस्ती करणीमा प्रजा पक्राउ
चौध वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाश गाउँपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले कैलाश गाउँपालिका–२ बस्ने २० वर्षीय दिपेश भन्ने अनिश प्रजालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी निरीक्षक ललन कुर्मीले बताउनुभयो । पक्राउ परेका प्रजालाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पनि उहाँले जानकारी दिनुभयो ।

यसअघि आठ वर्षीया बालिका बलात्कृत गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । हेटौँडाकी ती बालिका साथीको बाबुबाट बलात्कृत भएकी हुन् । साथीको घरमा भोगटे खान गएकी हेटौंँडा उपमहानरपालिका–१५ की बालिका साथीकै बुबाबाट बलात्कृत भएकी हुन् । स्कुलमा सँगै पढ्ने साथीको घरमा गएका बेला गत कात्तिक १७ गते दिउँसो उनी बलात्कृत भएको बताइएको छ ।

बलात्कारको आरोपमा हेटौँंडा उपमहानरपालिका–१५ रातोमाटेका २८ वर्षीय जयराम रुम्बा पक्राउ परेका छन् । बलात्कारपछि बेहोस अवस्थामा रहेकी बालिकालाई स्थानीयवसीले हेटौँंडा अस्पताल पु¥याएका थिए । शुरुमा धामीकहाँ लगिएको र पछि स्थानीयवासीको सहयोगमा अस्पताल पठाइएको थियो । बालिकाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ