भक्तपुर कार्तिक २७ । कालो पृष्टभूमि भएको फ्लेक्समा एउटा कालोकोट सेतो सर्ट र टाई लगाएको हात बाधेको मानिसको तस्वीर देखिन्छ । त्यो तस्वीर भन्दा माथि अर्को बादँरको तस्वीर छ । त्यसै गरी कतिपय फ्लेक्सको माथि कालो कुकुरको तस्वीर र त्यसको माथि लेखिएको शारदा अधिकारी ।
मानिसको फोटोको माथि सडकको ठेकेदार लेखिएको छ भने पुछारमा कालो पत्र छिटो गर लेखिएको छ ।
यो कोट लगाएका व्यक्ति हुन शारदा अधिकारी । उनी शैलुगं कन्सट्रक्सन नामक निर्माण कम्पनी मार्फत ठेक्का पट्टा चलाउछन् ।

उनलाई कालोसूचीमा नराख्न पहिला दवाव परेको थियो र त्यसका निम्ती नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम जाडिने गरेको छ ।
प्रचण्डको नाम जोडिनुको कारण चाहँी उनी लाजिम्पाटबाट रहेको भव्य घरबाट तिनै अधिकारीको घरमा सरेर बस्दै आएका छन् खुमलटारमा ।
नगरकोट सूर्यविनायकका स्थानीय युवा र पर्यटन ब्यबशायीले ठेक्का लिएको लामो समय सम्म पनि सडक कालोपत्रे नभए पछि धुला र धुलो खानु परेकोले शारदा अधिकारीको तस्वीरलाई त्यस सडकमा गुड्ने बस, निजी सवारी साधन, चोक, रुख सबैतिर टासेर विरोध गरीरहेका छन् ।


