कार्तिक २७ कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएका आरोपमा प्रहरीले कुँवरलाई नियन्त्रणमा लिएको हो । पूर्वपश्चिम राजमार्गमा मोटरसाइलकमा हिँडिरहेका उनले गोरुगाडालाई ठक्कर दिएका थिए ।
प्रहरीले उनीमाथि मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएको आरोप लगाएको छ । कुँवरले चलाएको मोटरसाइकल गोरुगाडासँग ठोक्किन पुग्दा गोरुगाडा अनियन्त्रित भई ढलेको थियो।
गोरुगाडा पल्टिएपछि सो गाडामा सवार चारजना घाइते भएका छन्। गाडा गौरीगंगा १० का टीकाराम चौधरीको हो । घाइतेहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। घटनामा स्वकीय सचिव कुँवरलाई भने चोट लागेको छैन । उनले चलाएको से १ ब १२९७ नम्बरको मोटरसाइकल क्षतिग्रस्त भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline