कालापानी बचाउ भन्दै प्रदर्शन गर्ने विद्यार्थी पक्रिएकोमा ९ विद्यार्थी संगठनको आपत्ति

कालापानी बचाउ भन्दै प्रदर्शन गर्ने विद्यार्थी पक्रिएकोमा ९ विद्यार्थी संगठनको आपत्ति

  • सोमवार, कार्तिक २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

कार्तिक २५ काठमाण्डौं । कालापानी लगायत विभिन्न भुभाग भारतले मिचेको बिरोधमा प्रदर्शनमा उत्रिएका अखिल क्रान्तिकारी सहित विभिन्न संगठनका दर्जनौ विद्यार्थीहरु पक्राउ परेको विरोधमा ९ विद्यार्थी संगठनले विज्ञप्ति जारी गरेका छन् ।
अखिल (क्रान्तिकारी) को आयोजनामा भारतीय विस्तारवादको विरोध तथाकालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत देशको सम्पूर्ण अतिक्रमित भूमिफिर्ताको मागगर्दै आयोजना गरेको विरोध ¥यालीबाट पक्राउ पर्नुभएका नेकपामाओवादी (केन्द्र) निकट अखिलक्रान्तिकारीकाअध्यक्षआलोक रायमाझी, विप्लव निकट अखिलक्रान्तिकारीका प्रभात भट्टराइ, गोविन्द विष्ट, हरि विष्ट (उदयपुर) सहितदर्जनौं विद्यार्थी तथा नेपालविद्यार्थी संघको मसाल जुलुसबाट गिरफ्तार गरिएका अनुराग साह, प्रेम शाही, सुरज सेजुवाललगायत राष्ट्रियताको पक्षको अन्दोलनमा देशैभरीबाट गिरफ्तार गरिएकाविभिन्न संघ÷संगठनका युवा, नेताकार्यकर्ता तथाआमनागरिकलाई विनाशर्त तत्काल रिहाई गर्न सयुक्त विज्ञप्तिमा माग गरिएको छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष चीरन्जीवी ढकाल, नेविसंघका पूर्व उपाध्यक्ष रिषीकेस शाह लगायत संगठनका नेताहरुद्धारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थी नछाडिए सयुक्त संघर्ष चर्काउने र त्यसको परिणाम केपी सरकार जिम्मेवार हुने चेतावनी दिइएको छ ।

पक्राउ परेका विद्यार्थीहरु मध्य अझै ३८ जना थुनामा रहेका छन् । थुनामा रहेका मध्य केही १६ बर्ष मुनिका समेत रहेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ