मार्तडी, २२ कार्तिक ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसहित १६ नेता तथा कार्यकर्तालाइ प्रहरीले गिरफ्तार गरेकाे छ । गौमुल गाउँपालिकाबाट इलाका प्रहरी चौकी घटमुनाबाट खटिएको टोलीले नेता तथा कार्यकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।
गौमुल गाउँपालिका-.३ माझपालीबाट शुक्रबार दिउँसो रोल्पा जिल्ला गंगादेव गाउँपालिका-३ जिनावाङ घर भएका नेकपाका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको भाटको भनाइ छ। त्यस्तै जिल्ला बाजुरा त्रिवेणी नगरपालिका-२ छतारा बस्ने डम्मबर सुनार, अछामको ढकारी गाउँपालिका-२ का नरेश शाही, कैलाली घोडाघोडी नगरपालिका-१ का दिपक प्रकाश सुनार रहेको भाटले बताए।
यस्तै बाजुराको हिमाली गाउँपालिका-१ का अमलाल थापा, सोही ठाउँका धर्मबहादुर थापा, अछाम बिनायक नगरपालिका-८ का उदय कसेरा पक्राउ परेका हुन्। सँगै अछामको.ढकारी गाउँपालिका-२ का राजेशकुमार शाही, सोही गाउँपालिका-७ बस्ने डबल बहादुर नेपाली, तुर्माखाद गाउँपालिका-८ बस्ने कृष्ण बिक रहेका छन्।
बाजुरा हिमाली गाउँपालिका-१ बस्ने धरमसिंह बोहरा,.स्वामीकार्तिक गाउँपालिका-१ बस्ने कुस्मा बिक, सोही गाउँपालिका- १ बस्ने अस्मिता बिक सोही ठाउँ बस्ने सुस्मिता बिक प्रहरी नियन्त्रणमा छन्। प्रहरीले अछाम ढकारी गाउँपालिका-२ बस्ने कमला बिक र अछाम मष्टा गाउँपालिका-१ बस्ने १९ की सृष्टी सिंहलाइ पनि नियन्त्रणमा लिएकाे छ ।