सांसद बडूकाे प्रश्न- राष्ट्र नै खतरामा परेको बेला सरकारले किन कूटनीतिक पहल गर्दैन ?

सांसद बडूकाे प्रश्न- राष्ट्र नै खतरामा परेको बेला सरकारले किन कूटनीतिक पहल गर्दैन ?

  • शुक्रबार, कार्तिक २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडाैं, २२ कार्तिक । 

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडूले हालै भारतले सार्वजनिक गरको राजनीतिक नयाँ नक्सामा नेपालको भू–भाग मिचेको कुरामा सरकारले कूटनीतिक तवरबाट चाँडो समाधान निकाल्नुपर्ने बताउनुभएको छ ।
नेपालको सिमाना दार्चुला जिल्लामा पर्ने कालापानी र लिपुलेक भारतले आफ्नो राजनीतिक नक्साभित्र राखी नेपालको सिमाना अतिक्रमण गरेको भन्दै नेता बडूले पार्टी र व्यक्तिगत तर्फबाट आपत्तिसमेत जनाउनुभयो ।

नक्सा परिवर्तन गराउन सरकारले कूटनीतिक पहल गरी चाँडै समाधान निकाल्नुपर्ने जनाउँदै नेता बडूले भन्नुभयो, “नेपाली काङ्ग्रेस राष्ट्र र सीमा बचाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने छ ।” डडेल्धुरामा अनशनरत डा गोविन्द केसीलाई भेट्न आइपुग्नुभएका नेता बडूले भन्नुभयो, “राष्ट्र नै खतरामा परेको बेला सरकार किन अग्रसर भइरहेको छैन र यो विषयमा जोडदारले किन अवाज उठाइरहेको छैन ? सरकारप्रति शङ्का उब्जिरहेको छ ।”

नेता बडूले हालै भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालनको सिमाना मिचिएको अवस्था आपत्तिजनक विषय भएको भन्दै सरकार तथा सबै पार्टीले यो विषयमा आपत्ति जनाई राष्ट्रियता नै सङ्कटमा परेको बेला एक ठाउँमा उभिएर साथ दिई राजनीतिक तवरबाट समाधान गरिनु पर्ने बताउनुभयो । सिमाना मिचिएको भाग दार्चुलाको मात्रै नभई राष्ट्रिय अखण्डतालाई नै आँच पुग्ने कार्य छिमेकी राष्ट्रबाट भएकाले यसमा सरकारको आधिकारिक धारणा प्रस्तुत हुनु पर्नेमा नेता बडूले जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ